काठमाडौंका बस स्टपहरुमा फल्चा बनाउने, बागदरबार ‘रेट्रोफिट’ हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्ने बताएका छन् ।
साथै महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । मेयर शाहले हरिभवन (बागदरबार) को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका छन् ।
पूर्वमेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काउने अडान लिएका थिए तर शाहले ऐतिहासिक पुरातात्विक महत्वको बागदरबारलाई प्रवलीकरण गर्ने नीति ल्याएका हुन् ।
साथै, काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने, प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने, महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने नीति अघि सारिएको छ ।
महानगरपालिकाले कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने, कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया