काठमाडौं महानगरभित्र मेट्रो स्थापना गर्न सम्भाव्यता अध्ययन हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र मेट्रो रेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार महानगरले यो आ.वमा मेट्रो स्थापनाको सम्भाव्यता अध्ययनका लागि सरकारी तथा अन्य निकायहरूसँग सहकार्य गर्ने भएको छ ।
यसअघिका मेयर विद्या सुन्दर शाक्यले पनि काठमाडौंमा मेट्रो र मोनो स्थापना गर्नेबारे आफ्नो चुनावी एजेण्डा बनाएका थिए । यद्यपी यो सपना उनको चुनावी एजेण्डामै सिमित भयो ।
त्यस्तै यो वर्ष महानगरले कला क्षेत्रको प्रबर्धाका लागि काठमाडौं महानगरक्षेत्र भित्रका डबलीहरूको पुनसर््थापना र एम्पी थियटर निर्माण गर्ने नीति लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया