काठमाडौं महानगरले नेवारी रक्सीको अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्ने
काठमाडौं । काठमाडौं महानगरले नेवारी पेय पदार्थको अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम घाेषाणामा मेयर बालेन शाहले नेवारी रक्सीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने नीति लिएको बताएका हुन् ।
‘नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न पहल गरिनेछ,’ उनले भने ।
त्यस्तै काठमाडौं शहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरन्जनका कार्यक्र सञ्चालनका लागि ब्राण्डिङ गर्न सम्बद्ध निकायहरूसँग सहकार्य गरिने शाहल बताएका छन् ।
योसँगै काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गर्ने नीति लिइने जनाइएको छ । इन्द्रजात्रामा महानगरपालिकासँग भगिनी सम्बन्ध रहेका अन्तर्राष्ट्रिय शहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरी इन्द्रजात्रालाई विश्वस्तरुमा लैजाने प्रयासलाई निरन्तरता दिइने जनाइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया