निर्वाचित भएको दुई महिना नपुग्दै फ्रान्सका राष्ट्रपतिले गुमाए बहुमत

काठमाडौं (एजेन्सी) । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँको दलले संसदमा बहुमत गुमाउने निश्चित भएको छ ।
दुई महिनाअघि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित माक्रोँको दल आबद्ध गठबन्धनले तल्लो सदनका लागि भएको निर्वाचनमा बुहमत गुमाउने देखिएको हो ।
उनले बहुमतका लागि आह्वान गरे पनि मध्यमार्गी गठबन्धनले दर्जनौं सिट गुमाएको छ । वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएको छ ।
माक्रोँको दलले अघिल्लो संसदको निर्वाचनमा ३०० भन्दा बढी सिटमा जित हासिल गरेको थियो । गत अप्रिलमा सम्पन्न राष्ट्रपति चुनावमा पनि उनी पेनलाई पराजित गर्दै विजयी भएका थिए ।
तर यसपटक उनको दल र गठबन्धनलाई जनताले कम मत दिएका छन् ।
फ्रान्सको तल्लो संसदमा स्पष्ट बहुमत हासिल गर्न २८९ सिट आवश्यक पर्छ । तर माक्रोँको दल सम्मिलित गठबन्धनले मात्रै २४५ सिट ल्याउने देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, मेलन्सनको गठबन्धनले १५७ देखि १६३ सिट जित्ने प्रक्षेपण भइरहँदा अति दक्षिणपन्थी नेशनल र्याली पार्टीले ८५ देखि ९० पुर्याउने अनुमान गरिएको छ । नेशनल र्याली पार्टीले यसअघि ८ सिट मात्रै जितेको थियो ।
यो परिणामबाट माक्रोँनले मन्त्रिपरिषदका केही सदस्य गुमाउने अवस्था बनेको छ ।
बिबिसीका अनुसार, फ्रान्सको राजनीति ध्रुवीकृत भएको छ र अब सुधारका निर्णय गर्न संसदको गणितका कारण माक्रोँले संघर्ष गर्नुपर्ने छ ।
फ्रान्सको राष्ट्रपति एलिजाबेट बोर्नले आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको बताएकी छन् ।
त्यहाँका अति वामपन्थी नेता जोन–लुक मेलन्सनले समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिको पार्टी पूर्ण रूपमा पराजित भएको बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया