NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

स्वतन्त्र सञ्जाल निर्माण गर्दै हरिशरण, आफूसहित ५ उम्मेदवार टुंगो लगाए

काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले आसन्न संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।

राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको जानकारी उनले आफू काठमाडौं ३ बाट चुनाव लड्ने बताएका हुन् ।

देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिने हरिशरणले जनाएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत एक प्रेस नोट जारी यसका लागि स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको बताएका छन् ।

यस्तै, काठमाडौ ५ मा रञ्जु दर्शना, ८ मा सुमन सायमी र १ मा पुकार बमले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सम्भावना रहेको हरिशरणले जानकारी दिएका छन् ।

यसैगरी, विश्व साइकलयात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नेछन् ।

बाँकी निर्णय यही असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने हरिशरणको भनाइ छ ।

हरिशरण सञ्चारकर्मबाट अलग भएर हालै राजनीतिमा होमिने निर्णय गरेका सञ्चारकर्मी रवि लामिछानेका दाजु हुन् ।