स्वतन्त्र सञ्जाल निर्माण गर्दै हरिशरण, आफूसहित ५ उम्मेदवार टुंगो लगाए
काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले आसन्न संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।
राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको जानकारी उनले आफू काठमाडौं ३ बाट चुनाव लड्ने बताएका हुन् ।
देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिने हरिशरणले जनाएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत एक प्रेस नोट जारी यसका लागि स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको बताएका छन् ।
यस्तै, काठमाडौ ५ मा रञ्जु दर्शना, ८ मा सुमन सायमी र १ मा पुकार बमले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सम्भावना रहेको हरिशरणले जानकारी दिएका छन् ।
यसैगरी, विश्व साइकलयात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नेछन् ।
बाँकी निर्णय यही असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने हरिशरणको भनाइ छ ।
हरिशरण सञ्चारकर्मबाट अलग भएर हालै राजनीतिमा होमिने निर्णय गरेका सञ्चारकर्मी रवि लामिछानेका दाजु हुन् ।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया