NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बालेनलाई आरजुको प्रश्न : रुटिन अफ नेपाल बन्द कतिमा किन्नुभयो ?

काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘रुटिन अफ नेपाल बन्द’ नामको सोसल साइट किनेर चुनाव प्रचारप्रसार गरेको आरोप लगाएकी छिन् ।

आज पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जित्न बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरोप लगाइन् ।

‘सोसल मिडिया रुटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’, उनले प्रश्न गरिन् ।

स्वतन्त्र उठेर चुनाव जितेकाहरूले कस्तो काम गर्छन् त्यो भने हेर्न बाँकी रहेको उनको भनाइ थियो ।