नबिल बैंक र कतार एयरबीच कार्ड प्रयोगकर्तालाई सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद दल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका, र अफ्रिकाकामा चुनियका गन्तव्र्यमा लागु गर्न सक्नेछन् ।
जसमा कार्ड प्रयोगकर्ताले हवाई टिकट खरिदमा १० प्रतिशत छुट पाउने छन् । प्रयोगकर्ताले यो सेवा असार १७ गतेदेखि लिन सक्ने बैंकले जनाएको छ । सो छुटका लागि कार्ड प्रयोगकर्ताले एयरवेजका प्रतिनिधिहरुलाई आफ्नो नबि बैंकको कार्ड पेश गर्नुपर्ने छ ।
कार्यक्रममा बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले ‘‘ अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि साझेदारी लाभदायक हुने बताए ।
बैंकले १९८४ सालदेखि ग्राहलाई सेवा दिदै आएको छ । हाल बैंकको देशभर १५० शाखा कार्यालय छन् भने १८७ एटिएम र १५ सय भन्दा बढी रेमिट एजेन्ट रहेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया