महाप्रबन्धकपछि एनएसीका अध्यक्ष पनि बर्खास्त

काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा अधिकारीलाई हटाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।
अधिकारी गत कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा निगमको अध्यक्षमा नियुक्त भएका थिए ।
आफैंले नियुक्त गरेका भए पनि निर्देशनअनुसार काम नगरेपछि पछिल्लो समय दुईबीचको सम्बन्ध बिग्रिएको थियो । केही दिनअघि मात्रै मन्त्री आलेले अमर्यादित शब्द प्रयोग गर्दै अधिकारीलाई गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो । जुन संवादबाट कर्मचारी नियुक्ति गर्न आलेले पटक पटक निर्देशन दिएको र अधिकारीले पालना नगरेको बुझ्न सकिन्छ ।
मन्त्री आलेले अधिकारीमाथि हातपात गरेका समाचार प्रकाशमा आए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
यसअघि मन्त्रालयमा हाजिर तानिएका डिमप्रकाश पौडेललाई पनि सरकारले महाप्रबन्धकबाट फिर्ता बोलाएको थियो । योसँगै निगम नेतृत्वविहीन बन्न पुगेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया