आसामका ५४२४ गाउँ डुबे, ४८ लाख मानिस प्रभावित (तस्बिरसहित)

काठमाडौं । भारतको आसाम राज्यकाे मनसुनी वर्षाको चपेटामा परेको छ । लगातारको वर्षासँगै यहाँ आएको बाढीले दर्जनौंको ज्यान गएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।
राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, आसाममा पछिल्लो सात दिनमा मात्रै ४५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मेघालयका मात्रै १८ छन् ।
बाढीमा हजारौं फसेपछि तिनको उद्धारमा कठिनाइ भएको छ । बिबिसीका अनुसार, तिनको उद्धार निम्ति सेना गुहारिएको छ ।
आसाममा यो वर्ष आएको यो दोस्रो बाढी हो । यहाँका ३५ जिल्लामध्ये ३२ पछिल्लो बाढीको चपेटामा परिसकेका छन् ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ३२ जिल्लाका ५४२४ गाउँ डुवानमा परिसकेका छन् । जसका कारण यहाँको १ लाख हेक्टरभन्दा बढी बालीनाली नष्ट भएको छ । बाढीले केही इलाकाको सवारी आवागमन विच्छेद हुन पुगेको छ ।
बाढीका कारण ४७ लाख ७२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बिबिसी हिन्दीका अनुसार २ लाख ३१ हजार ८१९ मानिसले १४२५ राहत शिविरमा शरण लिइरहेका छन् ।
आसामका अलावा मेघालय, त्रिपुरा र अरुणाञ्चलमा पनि बाढीपहिरो गएको छ । यसबाट ती क्षेत्रमा पनि लाखौं मानिस बेघरबार भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
प्रतिक्रिया