प्रभु बैंक र दि क्लिफबीच ग्राहकले छुट पाउनेसम्बन्धी सम्झाैता
काठमाडौं । प्रभु बैंकका ग्राहकले पर्वतको कुश्मास्थित दि क्लिफमा छुट पाउने भएका छन् । सम्झौतामा बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले दि क्लिफद्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग) मध्य कुनै एक गतिविधिमा निःशुल्क सेवा प्राप्त हुने भएको छ ।
सम्झौता अन्तर्गत दि क्लिफ मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रा।लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया