यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुखसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । गैरकानूनी रुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति-पत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ । अख्तियर दुरूपयोग अनुसन्धान आयोगले आज काठमाडौं विशेष अदालमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
भ्रष्टचारको आरोपमा मुद्दा दायर हुनेहरुमा तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसमेत १२ जना कर्मचारी र ५ जना विचौलियाहरु रहेको अख्तियारले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय ललितपुरका कर्मचारीहरु तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । सोही समाचारमा आधारित उजुरी निवेदन सम्बन्धमा अनुसन्धान उनीहरुले सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको खुलेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
आरोपीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले सोही ऐनअनुसार उनीहरूविरूद्ध सजायका लागि मागदाबीसहित आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया