यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुखसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । गैरकानूनी रुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति-पत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरूद्ध मुद्दा दायर गरेको छ । अख्तियर दुरूपयोग अनुसन्धान आयोगले आज काठमाडौं विशेष अदालमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
भ्रष्टचारको आरोपमा मुद्दा दायर हुनेहरुमा तत्कालीन कार्यालय प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरीसमेत १२ जना कर्मचारी र ५ जना विचौलियाहरु रहेको अख्तियारले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय ललितपुरका कर्मचारीहरु तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मासमेतले सेटिङमा विचौलियामार्फत सवारी चालक अनुमति पत्र जारी गर्ने गरेको भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । सोही समाचारमा आधारित उजुरी निवेदन सम्बन्धमा अनुसन्धान उनीहरुले सवारी चालक अनुमति-पत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरुलाई अख्तियारी प्रदान गरेको खुलेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
आरोपीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले सोही ऐनअनुसार उनीहरूविरूद्ध सजायका लागि मागदाबीसहित आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया