रविले पार्टी खोलेपछि रवीन्द्रको यस्तो सन्देश

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले सञ्चारकर्मबाट विदा दिँदै पार्टी खोलेका रवि लामिछानेलाई शुभकामना दिएका छन् ।
पूर्वपत्रकारसमेत रहेका मिश्रले पार्टी निर्माणका क्रममा आफूहरूले गरेका गल्तीबाट सिक्न लामिछानेलाई आग्रह गरेका छन् ।
‘‘प्रिय रवि, तिमी सानै हुँदादेखि चिनेकोले मैले ’तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी । मैले आशा गरेका थोरै मान्छेमा पर्छौ तिमी । पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु !’’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
लामिछानेले आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नाम नयाँ दल गठन गरेका छन् ।
मिश्रले भने गत स्थानीय चुनावमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
ताजा अपडेट
-
अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो
-
विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
-
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली
-
घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर
-
नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
प्रतिक्रिया