तितो सत्यका बाल कलाकार राजले गरे सुनिशासँग विवाह

काठमाडौं । हास्य टेलिश्रृंखला तितो सत्यका बाल कलाकार राज आचार्यले अभिनेत्री तथा मोडल सुनिशा बजागाईँसँग विवाह गरेका छन् ।
उनीहरुको विवाह रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा भएको हो । विवाहमा परिवार र निकट आफन्तको उपस्थिति मात्र रहेको थियो ।
एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
प्रतिक्रिया