पिपुल्स पावरको आइपिओ आजदेखि निष्कासन

काठमाडाैं । पिपुल्स पावर कम्पनीले आज (बुधबारदेखि) आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिकाको वडा नं.१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता, इलामकै बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गर्न लागेको होर।
यसमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया