रविलाई शंकर पोखरेलको झटारो : कुनै पेशा वा व्यवसायमा चर्चित हुँदैमा राजनीतिमा योग्य हुँदैन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांकेतिक रूपमा रवि लामिछानेबारे टिप्पणी गरेका छन् । रविले मंगलबार नयाँ पार्टी खोलेपछि उनको सम्बन्धमा पोखरेलले मुख खोलेका हुन् ।
बुधबार सामाजिक सञ्जालमार्फत पोखरेले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने टिप्पणी गरेका छन् ।
निश्चित पेशा वा व्यवसायमा सफल वा चिर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, उनले लेखेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’
रविले घोषणा सभामा आफूले राजनीतिक दलका नेतालाई सच्चिन पटक–पटक सुझाव दिँदासमेत नसच्चिएकाले पत्रकारिता छोडेर राजनीतिमा आएको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया