न्यायाधीश–वकिल घुस बार्गेनिङबारे छलफल गर्न न्यायपरिषद बैठक बस्दै
काठमाडौं । न्यायाधीश र वकिलबीच घुस बार्गेनिङ प्रकरणबारे छलफल गर्न न्यायपरिषद् बैठक बोलाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच थुनामा रहेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन ०७८ पुसमा घुस बार्गेनिङ भएको अडियो मंगलबार साँझ सार्वजनिक भएको थियो ।
न्यायपरिषद् स्रोतका अनुसार, यसबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अहिले दिउँसो १ बजेका लागि बैठक डाकेका छन् ।
यो प्रकरणमा निलम्बित प्रधानन्यायाधीशसमेत मुछिएकाले यसबारे पनि छलफल हुने जनाइएको छ । अडियोमा न्यायाधीश कोइरालाले प्रधानन्यायाधीशको ग्रिन सिग्नल खोजेका छन् र वकिल पोखरेलले प्रधानन्यायाधीशसँग कुरा गर्ने बताएका छन् ।
अडियोमा वकिल पोखरेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाएबापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन् ।
सुरुमा यसबारे कुरा गर्न संकोच मानेका न्यायाधीश कोइराला माथिबाटै सेटिङ मिलाइने वकिलको आश्वासनपछि इच्छाराजको पक्षमा फैसला गर्न तयार भएका छन् ।
घुस बार्गेनिङका बेला जिल्ला अदालत, काठमाडौंमा रहेका उनी अहिले पनि त्यही कार्यरत छन् ।
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया