नेताहरू सत्तामा लिप्त हुँदा महँगी बढ्यो : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो महँगी नियन्त्रण गर्न सरकारले पहल नगरेकोमा असन्तुष्टि जनाएका छन् ।
दलका नेता सत्ता र समिकरणमा लिप्त हुँदा अचाक्लि महँगीले जनताको ढाड भाँचिएको उनले जिकिर गरे ।
‘हाम्रा दल÷नेता सत्ता÷गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा÷क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ’, बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ ! यो अचाक्ली महँगीले जनताको ढाड भाँच्चिदैछ । खै सरकारी पहल ?’
सरकारले आइतबारबाट लागु हुने गरी इन्धनमा मुख्यवृद्धि गरेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ ।
हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन,ढुवानी,यातायातको लागत बढाएर सबैतिर महॅगी बढ्छ!यो अचाक्ली महॅगीले जनताको ढाड भाॅचिदैछ।खै सरकारी पहल? pic.twitter.com/HUyS0gFKjB
— Baburam Bhattarai (@brb1954) June 22, 2022
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया