NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रिमियर इन्सुरेन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम 

काठमाडाैं । प्रिमियर इन्सुरेन्स्योरेन्सको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष