सरकारी किर्ते मुद्दामा दोषी प्रमाणित एमाले प्रदेश सभा सदस्य खातुन पदमुक्त
काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी प्रमाणित भएपछि प्रदेश नम्बर १ एमाले प्रदेशसभा सदस्य गुलेफुन खातुनको पद गुमेको छ ।
जिल्ला र उच्च अदालतको फैसला विरुद्ध खातुनले दिएको निवेदन सर्वोच्च अदालतका न्यायधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ २५ मा खारेज गरेको थियो । उनको निवेदनमा प्रमाण नपुगेको भन्दै सार्वोच्चले खारेज गरी जिल्ला र उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरेको हो । खातुन २०७४ को निर्वाचनमा प्रदेश १ मा एमालेको तर्फबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
किर्ते मुद्दामा दोषि ठहर गर्दै जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते उनलाई एक वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।जिल्ला आदालतको फैसला विरुद्ध खातुनले उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते मुद्दा पुनरावेदनको निवेदन दिएकी थिइन् । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गर्ने आदेश दिएको थियो । दुवै अदालतको आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ र १६ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भए साे पदबाट मुक्त हुने उल्लेख छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया