यीनै हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला !
काठमाडौं । विभिन्न कारणले सधैँ चर्चामा रहने हलिउड अभिनेत्री एम्बर हेयर्ड अहिले पुनः चर्चामा आएकी छिन् ।
कुनैबेला उनी पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धका कारण चर्चित बनेकी थिइन् । तर, अहिले चर्चामा आउनुमा अर्कै कारण छ ।
संसारकै सुन्दर अनुहार भएकी महिला घोषित भएपछि उनी चर्चामा आएकी छिन् ।
विज्ञानले हालै पुष्टि गरेअनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला हुन् ।

अभिनेत्री हेयर्डको अनुहार ‘पर्फेक्ट’ भएको एउटा विशेष म्यापिङ फर्मुलाबाट पत्ता लागेको छ । उनको अनुहार विशेष भएको वैज्ञानिकहरूको दाबी छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरिएको थियो । उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरियो । त्यसपछि उनी संसारकै सुन्दर अनुहार भएकी महिला भएको निष्कर्ष निकालियो ।
उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो ।
पूर्वपति डिपसँग घरेलुहिंसाबारेको मुद्दामा हारेपछि हेयर्ड गत महिना धेरै चर्चामा आएकी थिइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया