मेयर शाहले ल्याएको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पेश गरेको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
आज बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।
सभामा मेयर शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरूको जवाफ दिएका थिए । त्यसपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।
‘सदस्यहरूले दिएका सुझाबहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने छ,’ उनले भने ।
नीति तथा कार्यक्रम गत असार ५ गते ल्याइएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया