१७ एसएसपीको डिआइजीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा सिफारिस भएको छ ।
बुधबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १७ एसएसपीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशी छन् । त्यसैगरी भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि बढुवा सिफारिसमा समेटिएका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया