पुँजीबजार : लगानीकर्ताको माग सम्बोधन गर्न आज वार्ता हुँदै

काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताको माग सम्बोधनका लागि कार्यान्वयन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले समितिमार्फत जायज माग कार्यान्वयन गर्न सकिने बताएपछि समिति गठन भएको हो ।
बजार न्यून बिन्दुमा आइपुगेको र यसमा चार करोड र १२ करोडको सेयर धितो सीमा कर्जा हटाउनेलगायतको १९ बुँदे माग राख्दै लगानीकर्ता लितक कोइराला आठ दिनदेखि अनशनमा बसेका छन् । बुधबार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर तत्काल कार्यान्वयन गर्न सकिने बुँदालाई कार्यान्वयन गर्न समिति गठन भएको बोर्ड अध्यक्ष हमालले बताए ।
आन्दोलनरत लगानीकर्तासहित अनसन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुलसी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र निवयदेव आचार्य रहने भएका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया