पुँजीबजार : लगानीकर्ताको माग सम्बोधन गर्न आज वार्ता हुँदै
काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताको माग सम्बोधनका लागि कार्यान्वयन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले समितिमार्फत जायज माग कार्यान्वयन गर्न सकिने बताएपछि समिति गठन भएको हो ।
बजार न्यून बिन्दुमा आइपुगेको र यसमा चार करोड र १२ करोडको सेयर धितो सीमा कर्जा हटाउनेलगायतको १९ बुँदे माग राख्दै लगानीकर्ता लितक कोइराला आठ दिनदेखि अनशनमा बसेका छन् । बुधबार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर तत्काल कार्यान्वयन गर्न सकिने बुँदालाई कार्यान्वयन गर्न समिति गठन भएको बोर्ड अध्यक्ष हमालले बताए ।
आन्दोलनरत लगानीकर्तासहित अनसन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुलसी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र निवयदेव आचार्य रहने भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया