नेपालले एसपिपी सम्झौताबाट पछि हटेपछि आयो चीनको प्रतिक्रिया

काठमाडौं । नेपाल अमेरिकाको सैन्य गठबन्धन एसपिपी सम्झौताबाट पछि हटेपछि चीनको सकारात्मक प्रतिक्रिया दिएको छ । उसले नेपालले गरेको निर्णयको प्रशंसा गरेको छ ।
बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन नेपालको कदम सकरात्मक रहेको बताए ।
नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको उनको भनाइ थियो ।
उनले एसपिपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको बताउँदै यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको भन्दै प्रशंसा गरे ।
‘एसपिपीलाई लिएर नेपालमा व्यापक विरोध भयो । धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गर्यो,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको हो ।’
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया