नेपालले एसपिपी सम्झौताबाट पछि हटेपछि आयो चीनको प्रतिक्रिया
काठमाडौं । नेपाल अमेरिकाको सैन्य गठबन्धन एसपिपी सम्झौताबाट पछि हटेपछि चीनको सकारात्मक प्रतिक्रिया दिएको छ । उसले नेपालले गरेको निर्णयको प्रशंसा गरेको छ ।
बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन नेपालको कदम सकरात्मक रहेको बताए ।
नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको उनको भनाइ थियो ।
उनले एसपिपी हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको बताउँदै यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको भन्दै प्रशंसा गरे ।
‘एसपिपीलाई लिएर नेपालमा व्यापक विरोध भयो । धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गर्यो,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपिपीबाट बाहिरिने निर्णय गरेको हो ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया