आसाममा बाढीपहिरोबाट ५५ लाख प्रभावित, १०१ को ज्यान गयो

काठमाडौं (एजेन्सी) । भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ ।
बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।
बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ ।
बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ ।
बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ । हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् ।
प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए ।
स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ ।
प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ । मनसुनको समय आसाममा बर्सेनि बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन् ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया