NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन मूल्य घटेको छ । शुुक्रबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार शुत्रबार चाँदी १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।