झापाका एमाले अध्यक्ष कार्कीको घरअगाडि बम नभएको पुष्टि

काठमाडौं । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।
उनका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो । अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शङ्कास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ । अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुन भने उनका सहोदर भाई हिक्मत कार्की प्रदेश नं १ का निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया