झापाका एमाले अध्यक्ष कार्कीको घरअगाडि बम नभएको पुष्टि
काठमाडौं । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।
उनका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो । अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शङ्कास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ । अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुन भने उनका सहोदर भाई हिक्मत कार्की प्रदेश नं १ का निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया