अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिंटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो ।
पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।
अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट अनुमोदन भएपछि राष्ट्रपतिले लालमोहर लगाउने छन् । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रुपान्तरण हुनेछ ।
राष्ट्रपतिले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताएका छन् ।
टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।
मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, पत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ ।
उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो ।
बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया