रविले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मान्छौं’
काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले वर्तमान व्यवस्थामै टेकेर राजनीति गर्ने बताएका छन् ।
व्यवस्थाभन्दा अवस्था परिवर्तन आफ्नो प्रमुख मुद्दा भएको बताउँदै उनले व्यवस्थाभित्र सुधार गर्नुपर्ने धेरै कुरा महशुस गरेको भए पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतासहितको संविधानलाई नै टेकेर अघि बढ्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि उठेका प्रश्नहरूको पत्रकार सम्मेलन गरेर जवाफ दिँदै लामिछानेले अहिलेलाई जनताको अवस्था परिवर्तन नै आफ्नो प्रमुख मुद्दा रहेको स्पष्ट पारे ।
‘व्यवस्थाभित्र सुधार गर्नुपर्ने धेरै कुरा महशुस गरेको भए पनि अहिले व्यवस्थाभन्दा अवस्था परिवर्तन नै हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने, ‘जुनसुकै व्यवस्थामा पनि सर्वसाधारण अवस्था परिवर्तन गराउन सक्छौ भन्ने हाम्रो विश्वास छ ।’
संवैधानिक समाजवाद आफ्नो प्रमुख सिद्धान्त रहेको उनले बताए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया