तेस्रोपटक प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना, कताबाट आयो ‘ग्रिन सिग्नल’ ?

काठमाडौं । पछिल्लो समय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्री बनाउनमा निर्णायक भूमिका निभाउँदै आएका थिए । तर, अब भने उनले चुनावपछि आफैँ प्रधानमन्त्री हुने इच्छा देखाएका छन् ।
नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री बन्न तयार रहेकातर्फ संकेत गरेका हुन् ।
‘पहिलो चोटी प्रधानमन्त्री हुँदा सपना हो कि विपनाजस्तो लाग्यो । नौ महिना त्यतिकै बित्यो,’ उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै सुधारका प्रयास गरेँ । अर्को पटक देशको नेतृत्व गर्ने मौका पाउने हो भने देखा देशलाई नयाँ युगमा लैजानुपर्छ भन्ने मसँग सपना छ ।’
यतिबेला गठबन्धनमा केही दरार पैदा भइरहेको स्थिति छ । प्रचण्ड स्वयम्ले कांग्रेसले माओवादीलाई हेपेर अर्को चुनावमा थोरै सिटमा उम्मेदवार उठाउन खोजेको भन्दै असन्तुष्टि पोखेका थिए । अर्कोतिर नेकपा एसमा पनि आन्तरिक विवाद देखिएको छ ।
यता, प्रतिपक्षी एमाले गठबन्धन टुटाउने मौका कुरेर बसिरहेको छ । एमालेले यसअघि नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला बाहिरिएको थियो ।
अर्कोतिर, कांग्रेस पनि कम्तीमा चुनावसम्म गठबन्धन कायमै राख्न चाहन्छ । यसर्थ, आफू नेतृत्वको सरकार ढल्ने स्थिति भए प्रचण्डलाई नै अगाडि सार्ने सम्भावना देखिन्छ ।
यस्तोमा दुई ठूला दलको लडाइले संसद्मा तेस्रो दलको संसदीय दलका नेता रहेका प्रचण्डलाई फाइदा पुग्ने देखिन्छ । दुवैतर्फबाट ग्रिन सिग्नल देखाएकाले प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको अनुमान गर्न गाह्रो छैन ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया