NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सोमालियाका राष्ट्रपतिलाई कोरोना

काठमाडौं (एजेन्सी) । सोमालियाका राष्ट्रपति हसन शेख शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको उनले बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।”

“जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु,” उनले अगाडि थपेका छन् ।

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् । मे १५ मा भएको निर्वाचनपछि उनले गरेको विदेशको यो पहिलो औपचारिक भ्रमण हो ।

मोहमुद पूर्व शैक्षिक तथा शान्ति अभियन्ता हुन् । उनी यसअघि सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएका थिए । उनको पहिलो प्रशासन भ्रष्टाचार र लडाइँको कारण प्रभावित बनेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संकटग्रस्त अफ्रिकी यस राष्ट्रले २६ हजार ७४८ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । यसमध्ये एक हजार ३६१ जनालाई घातक खालको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष