मोरक्को भागदौडमा अठार आप्रवासीको मृत्यु

मोरक्को । युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौं घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन् ।
मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।
सिमानामा रहेको फलामको बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको भने मानव अधिकार सङ्घले २७ जनाको ज्यान गएको बताएको छ । यद्यपि उक्त सङ्ख्या तत्काल पुष्टि भएको छैन । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन् ।
यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएका तथा चारवटा गाडीमा क्षति पुगेको बताएको छ । सिमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेका र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको थियो ।
गत मार्चमा मेलिलालाई घेरेको छ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका थिए । तीन हजार पाँचसय भन्दा बढी आप्रवासीको दुई दिनको त्यो प्रयासमा झण्डै एक हजार जना सफल भएका थिए ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया