राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।
आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।
पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउँदै थापाले भने, ‘पार्टीलाई अग्रणी शक्ति बनाउने र नेपाललाई हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम लिने आफ्नो चाहना छ ।’’
यसैबीच राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी धनगढीका ललित जोशीलाई दिइएको छ ।
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया