राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौं : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।
आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।
पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउँदै थापाले भने, ‘पार्टीलाई अग्रणी शक्ति बनाउने र नेपाललाई हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम लिने आफ्नो चाहना छ ।’’
यसैबीच राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी धनगढीका ललित जोशीलाई दिइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया