मोरक्को भागदौडमा १८ आप्रवासीको मृत्यु
काठमाडौं (एजेन्सी) । युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन् ।
मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।
सिमानामा रहेको फलामको बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको भने मानव अधिकार सङ्घले २७ जनाको ज्यान गएको बताएको छ । यद्यपि उक्त सङ्ख्या तत्काल पुष्टि भएको छैन । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन् ।
यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएका तथा चारवटा गाडीमा क्षति पुगेको बताएको छ । सिमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेका र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको थियो । गत मार्चमा मेलिलालाई घेरेको छ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका थिए । तीन हजार पाँचसय भन्दा बढी आप्रवासीको दुई दिनको त्यो प्रयासमा झण्डै एक हजार जना सफल भएका थिए ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया