बागमती प्रदेशसभा बैठक बस्दै, एमालेले बजेट संशोधन प्रस्ताव राख्ने
हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया