आलेले दिए मन्त्रीबाट राजीनामा
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट दिएको राजीनामापत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।
शनिबार बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा पुनर्विचार नहुने निर्णय गरेपछि मन्त्री आलेले आइतबार पदबाट राजीनामा दिएका विश्वस्त स्रोतले जनाएको छ । स्रोतका अनुसार राजीनामापत्र लिएर अध्यक्ष माधव कुमार नेपाललाई भेट्न उनकै निवास पुगेका थिए ।
राजीनामापछि उनी आफ्नो कार्यकालमा भएका प्रगतिबारे पत्रकार सम्मेलन गर्ने तयारीमा छन् । असार १ गते बसेको नेकपा एसको सचिवालय बैठकले आलेसहित सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर पार्टीको निर्णयलाई चुनौति दिँदै चार मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलाई भेट गरेर दबाव दिएका थिए ।
चार मन्त्रीसहित १० जना सांसदहरूले हस्ताक्षर गरी संसदीय दलको बैठक बोलाउन अध्यक्ष नेपालको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया