आलेले दिए मन्त्रीबाट राजीनामा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट दिएको राजीनामापत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् ।
शनिबार बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा पुनर्विचार नहुने निर्णय गरेपछि मन्त्री आलेले आइतबार पदबाट राजीनामा दिएका विश्वस्त स्रोतले जनाएको छ । स्रोतका अनुसार राजीनामापत्र लिएर अध्यक्ष माधव कुमार नेपाललाई भेट्न उनकै निवास पुगेका थिए ।
राजीनामापछि उनी आफ्नो कार्यकालमा भएका प्रगतिबारे पत्रकार सम्मेलन गर्ने तयारीमा छन् । असार १ गते बसेको नेकपा एसको सचिवालय बैठकले आलेसहित सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर पार्टीको निर्णयलाई चुनौति दिँदै चार मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलाई भेट गरेर दबाव दिएका थिए ।
चार मन्त्रीसहित १० जना सांसदहरूले हस्ताक्षर गरी संसदीय दलको बैठक बोलाउन अध्यक्ष नेपालको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया