पृथ्वी राजमार्ग पुनः अवरुद्ध
मुग्लिन । पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित नाग्दी खोला नजिकै १२ः१० बजे खसेको सुख्खा पहिरो हटाइ २ बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।
सडक सञ्चालनमा आएको केही छिनमै पुनः सोही ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।
उनका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया