बहुभाषिक नाट्य उत्सव शुरु
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ शुरु भएको छ ।
आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरूमध्ये विभिन्न भाषाभाषीका ७ वटा नाटक छनोट भइ मञ्चन हुनेछन् । नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ ।
नाट्य उत्सवमा लेप्चा उत्थान मञ्च इलामको लेप्चा भाषाको ‘स्वर्ग जाने सिँडी’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम) को लिम्बू भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् ।
नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया