बहुभाषिक नाट्य उत्सव शुरु
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ शुरु भएको छ ।
आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह–आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरूमध्ये विभिन्न भाषाभाषीका ७ वटा नाटक छनोट भइ मञ्चन हुनेछन् । नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ ।
नाट्य उत्सवमा लेप्चा उत्थान मञ्च इलामको लेप्चा भाषाको ‘स्वर्ग जाने सिँडी’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च (इलाम) को लिम्बू भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला) को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् ।
नाट्य महोत्सवको पहिलो दिन सोङकित लाप्चा निर्देशित नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया