NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माधव नेपालका कार्यकर्ता रिसाएपछि माफी माग्दै योगेशले के भने ?

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका सचिव योगेश भट्टराईबीच पछिल्लो समय तिक्ततापूर्ण सवालजवाफ छरपस्ट भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले पार्टी भित्रको आन्तरिक कारण देखाइ ०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि भट्टराई प्रचण्ड–माधव समूहमा खुलेका थिए । ओलीको कदमको कडा शब्दमा भत्सर्ना गर्ने र सडक संघर्षको अग्र मोर्चामा भट्टराई नै देखिएका थिए ।

ओलीको कदमविरुद्ध सडक संघर्षमा उत्रिएका भट्टराईलाई लक्षित गरी ओलीले ‘बैगुनी केटो’ उपनाम दिइ सार्वजनिक टिप्पणी गरेका थिए । तर उनी ०७७ फागुन २३ मा सर्वोच्च आदालतले ओली–प्रचण्ड नेतृत्वको नेकपा बदर गरेपछि माधव नेपालसँगै एमालेमा नै रहे ।

त्यतिबेला भट्टराई लगायत १० जना नेताहरूले माधव–झलनाथ खनाललाई साथदिए । एमालेलाई एकतावद्ध बनाएर लैजाने अभियान चलाएका १० जना नेताहरूले ओलीको कदमको आलोचना र माधव–झलनाथ समूहलाई निरन्तर साथ दिए । संसद विघटन गर्ने ओलीको दोस्रो कदम पनि अदालतले असफल बनाइदिएपछि ओली र माधव नेपालको दुरी झन टाढा बन्दै गयो ।

अन्ततःभदौ २ मा माधव–झलनाथ समूह एमालेबाट अलग भएका थिए । नेपालको कदमलाई भट्टराई लगायत १० नेताहरूले साथ दिएनन् । नेपालले भदौ ९ मा नयाँ पार्टी खोले भने भट्टराई एमालेमै फर्किए । भट्टराईको कदमबाट आक्रोसित भएका नेपालले उनलाई ओलीको दास भएको आरोप लगाए । उनका कार्यकर्ताहरूले नेपाललाई उचाली अन्तिममा साथ छोडेर अवसरवादी चरित्र देखाएको आरोप लगाउँदै आएका छन् ।

अहिले दुई पक्षबीचको ‘वाकयुद्ध’ सामाजिक सञ्जाल, पार्टीको कार्यक्रमदेखि सार्वजनिक फोरमसम्म छताछुल्ल भएको छ । ‘शनिबार बसेको नेकपा एसको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भट्टराईलाई ओलीको दास भएको टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति चित्तदुःखाएका भट्टराईले आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले नेपाल जत्तिको नेताले जथाभावी बोल्न नसुहाएको भन्दै सन्यास लिएर बस्न सुझाव दिए ।

उनको अभिव्यक्तिबाट आक्रोसित भएका नेकपा एसका कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट निकै आक्रोस पोखेका छन् । आफू विरुद्ध नेपाल काकार्यकर्ता खनिएपछि भट्टराईले आफ्नो र नेपालबीचको उतारचढावपूर्ण सम्बन्धबारे सोमबार प्रष्टीकरण दिएका छन् ।

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक–पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो ।

अनिमैले उहाँकै हितहुने गरी जीवन ऊपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”

कमरेड माधवनेपाल र मेरो सम्बन्धकाबारेमा केही कुरा

१.पञ्चायत कालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. उहाँमा थुप्रै राम्रा गुणहरू छन्,जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाब रहेका छन् र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नुभएको हो । हामी शुरूदेखि नै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हाैं।

४. छैठौ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट उहाँ पुनः पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।

६. आठौ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनाैं।

७. नवौ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथदियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रहो भन्ने मेरोबुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथदिन सकिनँ । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैंले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ।

११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरूहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरूहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यहि माक्र्सवादी दृष्किोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन ।

पुनश्चःकमरेड माधव नेपालसँग सवालजवाफ गर्नु मेरो मनसायहोइन ।

२०७९ असार १३ गते बिहान काठमाडौं– धनगढी हवाई यात्राको क्रममातयार छोटो स्मरण ।