NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आइतबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष