एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत जहाजको टिकट काट्दा क्यास ब्याक पाइने

काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत जहाजको टिकट काट्दा सस्तो पर्ने भएको छ ।
एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । ग्राहकले बैंकको मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।
मोबाइल बैंकिङ मार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५ सय र दोस्रो पटक १ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । बैंकका अहिले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ ।
प्रतिक्रिया