NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार खाबी लेम

काठमाडौं । टिकटक स्टार खाबी लेमको टिकटमा फलोअर्स १४२.८ मिलियन पुगेको छ ।

खाबीको फलोअर्स अर्का टिकटक स्टार चार्ली डि अमेलियोको भन्दा धेरै भएपछि उनले नयाँ रेकर्ड कायम गरेका हुन् । खाबीले टिकटकमा सबैको मन जितेका छन् ।

उनलाई साइलेन्ट कमेडियनको रुपमा समेत मानिसले चिन्ने गर्छन् । संवादविना नै शारीरिक हाउभाउले हसाउँदै आएका छन् । खाबी पश्चिम अफ्रिकी देश सेनेगलका हुन् ।

खाबी इन्स्टाग्राममा पनि आफ्नो कमेडी भिडियोका कारण चर्चित छन् । इन्स्टाग्राममा उनको फलोअर्स ७८ मिलियन बढी छन् । खाबी २२ वर्षका भए ।

साधारण कारखानामा काम गर्ने उनले कमेडियन भिडियो बनाउन थालेपछि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष