२३ अंकले ओरालो नेप्से
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ मा ओर्लेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०२ अंकले ओरालो लागेर ३७५.८२ मा ओर्लेको छ । कूल २२९ कम्पनीको २ अर्ब ४ करोड ४८ ७७१ कित्ता सेयर एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहमध्ये जीवन बीमा कम्पनी र लगानीको सेयर मूल्य बढेको भने अरुको गिरावट आएको छ । जीवन बीमा कम्पनीको १.२२ र लगानीको १ अंकले बढेको छ ।
बैंकिङ ०.९२, व्यापार २.०७, होटल तथा पर्यटन २.७२, विकास बैंक ३.५१, जलविद्युत् २.७५, वित्त २.७५, निर्जीवन बीमा १.२३, उत्पादन ०.८२, अन्य २.६१, लघुवित्त १.५८, सामूहिक लगानी कोष १.२३ अङ्कले ओरालो लागेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया