आफूले बोल्नेबेला नेताहरू हिँडेपछि प्रचण्डको आक्रोश : अरुले बोलेको चाहिँ सुन्नुपर्दैन ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भाषण दिनेबेलामा सबै नेताहरू हिँडेपछि आक्रोशित भएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
आफूले नेकपा (एमाले)का महासचिव शंखर पोखरेललाई बस्नुस्भन्दा पनि उनी कार्यक्रमको बीचबाटै हिँडेको उनले बताए ।
‘मैले महासचिवज्यूलाई बस्नुस् भनेको थिएँ । तर, उहाँ तपाईंले बोलेको सुनिहाल्छु नि भन्दै हिँड्नुभयो,’ उनले भने ।
यसअघि उनले आफूले बोल्दा नेताहरू उठेर हिँडेकोमा द्वेष प्रकट गर्दै भनेका थिए, ‘आफूलाई लागेको कुरा बोलेपछि उठेर हिँड्ने अनि अरूले बोलेको सुन्न पर्दैन ?’
अध्यक्ष प्रचण्डभन्दा अघि नेता झलनाथ खनाल, पोखरेललगायतले बोलेका थिए ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया