रोहिंग्याद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपालमा रहेका रोहिंग्या शरणार्थीहरूले प्रदर्शन गरेका छन् । विभिन्न ११ बुँदे मागसहित उनीहरूले आज राजधानी काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग (युएनएचसिआर)को नेपालको कार्यालयबाहिर उनीहरूले सोमबार प्रदर्शन गरेका हुन् ।
आफूहरूलाई शरणार्थीका रूपमा स्वीकार्न गर्न नेपाल सरकारसँग उनीहरूको माग छ ।
आधारभूत आवश्यकताको व्यवस्थापन गर्न नसके भुटानी शरणार्थीको झैं तेस्रो देशमा आफूहरूलाई पुनःस्थापना गरिनुपर्ने पनि उनीहरूको माग छ ।
रोहिंग्या मुसलमान समुदायका मानिस हुन् । उनीहरूका पूर्खा बंगलादेशबाट म्यानमार पसेका थिए । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मारले अल्पसंख्यक रोहिंग्या मुसलमानलाई बंगलादेशबाट आएका ‘बंगाली’ भन्दै नागरिक स्वीकारेको छैन ।
म्यान्मारको सेनामाथि आक्रमण गरेपछि रोहिंग्यालाई त्यहाँबाट लखेटिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया