एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक : अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
काठमाडौं । सत्तारूढ दल (एकीकृत समाजवादी)को सोमबारदेखि राजधानीमा जारी केन्द्रीय परिपषद्को प्रथम बैठक आज समापन हुँदैछ ।
गत भदौमा एमालेबाट अलग भएपछि नेकपा एसले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो । प्रज्ञा भवन कमलादीमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा समूहगत छलफल हुँदैछ ।
हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न प्रदेश, भातृ संगठन र विभागमा विभाजन गरी समूह विभाजन गरिएको पोलिटब्यूरो सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।
समूहगत छलफलको निष्कर्ष समूह नेताले हलमा प्रस्तुत गरेपछि नेतृत्वले त्यसको जवाफ दिएपछि आजै बैठक सम्पन्न हुने पन्तले भनिन् ।
अध्यक्षको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको अवस्थाबारे विश्लेषण गरिएको छ । एमालेलाई दक्षिणपन्थी अवसवाद र गठबन्धनलाई वामलोकतान्त्रिक शक्तिको रूपमा चित्रण गरिएको छ । परिषद् बैठकले आगामी कार्यदिशा तय गर्नेछ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया