एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक : अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल (एकीकृत समाजवादी)को सोमबारदेखि राजधानीमा जारी केन्द्रीय परिपषद्को प्रथम बैठक आज समापन हुँदैछ ।
गत भदौमा एमालेबाट अलग भएपछि नेकपा एसले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो । प्रज्ञा भवन कमलादीमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा समूहगत छलफल हुँदैछ ।
हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न प्रदेश, भातृ संगठन र विभागमा विभाजन गरी समूह विभाजन गरिएको पोलिटब्यूरो सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।
समूहगत छलफलको निष्कर्ष समूह नेताले हलमा प्रस्तुत गरेपछि नेतृत्वले त्यसको जवाफ दिएपछि आजै बैठक सम्पन्न हुने पन्तले भनिन् ।
अध्यक्षको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको अवस्थाबारे विश्लेषण गरिएको छ । एमालेलाई दक्षिणपन्थी अवसवाद र गठबन्धनलाई वामलोकतान्त्रिक शक्तिको रूपमा चित्रण गरिएको छ । परिषद् बैठकले आगामी कार्यदिशा तय गर्नेछ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया