NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

अपर हेवाखोला हाइड्रोपावरले असार २४ गतेबाट आइपिओ निष्काशन गर्दै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।