NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

वामदेवको पार्टीमा श्रीमती र छोरालाई प्राथमिकता (सूचीसहित)

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टी घोषणा गर्दैछन् । नेकपा विघटनपछि कुनै गुटमा पनि नलागी अलग पार्टीको अभ्यास गर्दै आएका गौतमले १८ महिना पछि नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।

तीन महिनाको तयारीपछि गौतमले निर्वाचन आयोगमा दर्ता भएका चार साना वाम समूहलाई साथ लिएर दिउँसा ३ बजे नयाँ पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी नेपालसँग पार्टी एकता गरी नयाँ पार्टी घोषणा गर्न लागिएको हो । त्यस्तै आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूहले पनि गौतमलाई साथ दिएका छन् ।

गौतमले असार ११ गते ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गरेका थिए । भेलाको निर्णय अनुसार गौतमको संयोजकत्वमा ६९ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक असार १२ गते काठमाण्डौको चन्द्रागिरीस्थित रिसोर्टमा बसेको थियो ।
नेकपा एकता अभियान पार्टीको संयोजक गौतम आफै रहेका छन् । दोस्रो नम्बरमा आफ्ना श्रीमती तुल्सी थापालाई राखेका छन् । पाँचौं नम्बरमा आफ्ना छोरा हरिषदेव गौतमलाई राखेका छन् । छैटौं नम्बरमा स्वकीय सचिव दिपककुमार टमटालाई राखेका छन् । त्यस्तै पार्टी सचिवमा डिबी कार्की रहेका छन् । प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहेका छन् ।

त्यस्तै पार्टी एकतामा साथ दिएका समाजवादी केन्द्रलाई चार जना केन्द्रीय सदस्य दिएका छन् । समाजवादी पार्टी नेपाल र आधुनिक समाजवादी पार्टीलाई एक–एक केन्द्रीय सदस्य दिइएको छ ।

यस्ता छन् केन्द्रीय सदस्यहरू

वामदेव गौतम– ललितपुर
तुल्सी थापा– बर्दिया
तोफा यादव– बर्दिया
ज्ञानुमाया रिजाल– बर्दिया
हरिषदेव गौतम– बर्दिया
दिपक कुमार टमाटा– बर्दिया
कमल बस्नेत–बाँके
रवि खाँ– बाँके
मो. शेरवागवान– बाँके
उदयराज अधिकारी– काठमाडौं
इमानसिंह भारती–प्यूठान
युवराज पौडेल–अर्घाखाँची
महेन्द्र अर्याल–रुपन्देही
डिल्ली भट्टराई– रुपन्देही
रामप्रकाश अधिकारी–चितवन
नवराज ढुंगाना– मकवानपुर
ओम चालिसे–काठमाडौं
डिबी कार्की– कामठमाडौं
डा. कुमार आचार्य– काठमाडौं
भगवती विष्ट– काठमाडौं
डा. प्रकाश मान श्रेष्ठ– भक्तपुर
दीपेश न्यौपाने– भक्तपुर
हरिबन्दु गुम्ता– सप्तरी
शम्भु पाण्डे– पर्सा
देवी ओझा– झपा
गोपी गिरी– झापा
दुर्गा भण्डारी– नवलपुर
धनञ्जय खनाल– तनहुँ
डा रमेश खरेल– काठमाडौं
पविता लिम्बु– भक्तपुर
युवराज सफल– समाजवादी केन्द्र
द्वारिका निरौला–समाजवादी केन्द्र
तेजबहादुर कार्की– समाजवादी केन्द्र
भगवती ढकाल– समाजवादी केन्द्र
विष्णुराज अर्याल– समाजवादी पार्टी नेपाल
कृष्णगोपाल बञ्जारा– अधुनिक नेपाल समाजवादी
गुणबहादुर बञ्जारा– काठमाडौं
सुरेशरत्न बज्राचार्य– काठमाडौं
मीननाथ देवकोटा– नेकपा राष्ट्रवादी
सरस्वती न्यौपाने– रसुवा
सरस्वती अधिकारी– आम नेपाली पार्टी
निलकण्ठ पौडेल– सिराहा
नवीन ढकाल– सिराह
रामचन्द्र भण्डारी (कुमार)– ललितपुर
प्रमोद उपाध्याय– बारा
रामकृष्ण चौलागाईँ– जुम्ला
उर्मिला श्रेष्ठ– सानेपा
रामबहादुर भण्डारी– लमजुङ
राजकुमार हुमागाईं– काठमाडौं
राधेश्याम गुप्ता– रुपन्देही
कुन्ती पाठक मैनाली– काठमाडौं
मञ्जु गुरुङ– काठमाडौं
हरि काफ्ले– भोजपुर
लोकनाथ धमला– काठमाडौं
लोम्साङ शेर्पा– धनकुटा
गीता थापा– धादिङ
डोलराज अर्याल– बाँके
रवीन्द्र बम– बझाङ
सञ्जय अधिकारी– काठमाडौं
नीमकान्त पाण्डे– काठमाडौं
रामकुमारी महर्जन– काठमाठौं
डोलराज अर्याल– बाँके
प्रवेश महत क्षेत्री– बर्दिया
डा केशवराज खड्का– काठमाडौं
ज्योती गिरी– काठमाडौं
अप्सरा उप्रेती– धादिङ
मेनका कार्की– सुनसरी
शोभा पाठक– धादिङ

तीन महिना ढिलो गरी मंगलबार वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै