तीन महिना ढिलो गरी मंगलबार वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै
काठमाडौं । नयाँ वर्षको अवसर पारी वैशाख १ मा नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका वामदेव गौतमले मंगलबार नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
तत्कालिन नेकपा विघटन भएपछि नेकपा एकता अभियान सञ्चालन गर्दै आएका गौतम कुनै गुटमा पनि नलागी छुट्टै अभियान चलाउँदै आएका थिए । वैशाखमै नयाँ पार्टी घोषणा गर्ने अन्तिम तयारी गरेपनि स्थानीय तहको निर्वाचनले पछि धकेल्लिएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।
त्यस्तै, नयाँ पार्टी घोषणा तयारीका लागि गौतमले असार ११ गते ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयोजना गरेका थिए । भेलाको निर्णय अनुसार गौतमको संयोजकत्वमा ६९ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक असार १२ गते काठमाण्डौको चन्द्रागिरी स्थित रिसोर्टमा बसेको थियो । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता वार्ता अगाडि बढाउन गौतमको संयोकत्वमा वार्ता टोली गठन गरेको छ ।यस अभियानमा निर्वाचन आयोगमा दर्ता भएका अन्य ४ वटा पार्टीहरु पनि जोडिएका छन् । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादीसँग वामदेवको एकता भएको हो । त्यस्तै आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि यसमा सामेल हुने पाण्डेले बताए ।
गौतमका पार्टीमा विभिन्न साना वाम समूहले पनि साथ दिने टमटाले जानकारी दिए । नयाँ पार्टी घोषणा दिउँसा ३ बजे रिपोर्टस क्लबबाट हुने पाण्डेले जानकारी दिए । नेकपाका तीन घटकलाई एकताबद्ध गर्ने प्रयास असफल भएपछि गौतमले छुट्टै पार्टी दर्ता गर्न लागेका हुन् ।
पाण्डेका अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मदन भण्डारीको जबज नै रहनेछ । नयाँ पार्टी घोषणा भएपछि एकाले, माओवादी र एकीकृत समाजवादीलाई दबाब दिन तीन महिने देशव्यपी अभियान चलाउने तयारी गरेका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया