पूर्वी नाकाबाट ४६ करोड रुपैयाँको फलफूल आयात
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो ।
आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।उनका अनुसार २९ करोड ७३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ । उक्त नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।
त्यसैगरी १२ लाख ८० हजार रुपैयाँको ४६ मेट्रिक टन केरा, ७९ लाख ५१ हजार रुपैयाँको नरिवल, ६७ लाख ७० हजार रुपैयाँको जुनार, ४९ लाख ४९ हजार रुपैयाँको आप, दुई करोड ९७ लाखको अनार, ७७ लाख ६१ हजार रुपैयाँको अङ्गुर, एक करोड ७८ लाख ७८ हजारको सुन्तला, ३६ लाख ७३ हजारको नास्पति, पाँच लाख ९८ हजारको अम्बा र ९३ लाख ८४ हजार रुपैयाँ बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया